Sajhamanch Archive

 भारतको मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु

Published: in विश्व समाचार, by .

नयाँदिल्ली । भारतको छत्तिसगढ राज्यमा नक्सलवादीसँग भएको मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

शनिबार दिउँसो ४ घण्टासम्म चलेको दोहोरो भिडन्तका क्रममा ३२ जना घाइते भएका र एकजना हराइरहेका टाइम्स अफ इन्डियाले जनाएको छ ।

शुक्रबार राति नक्सलवादीविरुद्ध चलाइएको कारबाहीमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका थिए । पाँच छुट्टा–छुट्टै स्थानबाट सञ्चालित कारबाहीमा सेन्ट्रल रिजर्भ पुलिस फार्स, कोब्रा, डिस्ट्रिक रिजर्भ गार्ड र स्पेसल टास्क फोर्सका सुरक्षाकर्मी सहभागी थिए ।

प्रहरी अधिकारीहरुले भिडन्तमा विद्रोही पक्षको ठूलो क्षति भएको जनाए पनि घटनास्थलमा एक महिला विद्रोहीको मात्र शव भेटिएको जनाइएको छ ।

सुरक्षाकर्मीको मृत्युप्रति शोक व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुको बलिदानी सधैँ सम्झिइने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *