Sajhamanch Archive

पछिल्लो २४ घण्टामा थपिए १७६ संक्रमित, ११७ संक्रमणमुक्त

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १७६ संक्रमित थपिएका छन् । तीन हजार ४५६ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १७६ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ११७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ ।

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । नेपालमा कोभिड–१९ का कारण हालसम्म तीन हजार ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल क्वारेन्टिनमा ५७ जना छन् भने आइसोलेसनमा एक हजार ६७२ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *