Sajhamanch Archive

सरकार र थारु कल्याणकारी संघर्ष समितिबिच दोस्रो चरणको वार्ता सम्पन्न

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिबिच आज दोस्रो चरणको वार्ता भएको छ । वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल गर्ने काम भएको प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराइले जानकारी दिए ।

वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता छिट्टै बस्ने सहमति भएको पनि उनले बताए । संघर्ष समितिले निलम्बित सांसद रेशम चौधरीको रिहाई र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र पक्राउ परेकालाई रिहाईको माग राख्दै आएको छ । मंगलबार सरकार र संघर्ष समितिबीच पहिलो वार्ता भएको थियो ।

सरकारी वार्ता टोलीमा भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् । थरुहट संघर्ष समितिकातर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी वार्ता टोलीमा छन् ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, निलम्बित सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राख्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *