नेभ्ला झापाको अध्यक्षमा न्यौपाने
Published: (Updated: )
by .कनकाई । आगामी दुई वर्षे कार्यकालका लागि शान्तिराम न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउँदै नेपाल पाराभेटेरीनरी एण्ड लाइभष्टक एशोसिएसन (नेभ्ला) को १०औं झापा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सुरुङ्गामा शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा सोम विष्ट, सचिव धनपति न्यौपाने र कोषाध्यक्षमा घनेन्द्र भण्डारीलाई सर्वसम्मत निर्वाचित गरेको छ । नेभ्ला झापाको कार्यसमिति सदस्यहरु जीवन नेपाल, खेसराज कटुवाल, विश्मा काफ्ले (कोइराला), मदन भण्डारी, भाग्य यादव, जीवन नेपाल, टिकाराम पाण्डे र पर्शुराम विराजी यादव पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक भरत श्रेष्ठले जानकारी दिएका छन् ।
अधिवेशनका प्रमुख अतिथि नेपाल पाराभेटेरीनरी एण्ड लाइभष्टक एशोसिएसनका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहेताले पशु स्वाथ्यकर्मीले गुणस्तरीय सेवा प्रदान गर्न सकेमात्र यो पेशामा स्थापित हुन सकिने सुझाव दिए । अबका दिनमा पशु स्वाथ्यकर्मीले आफ्नो क्षमतामा निखार ल्याउनुपर्ने उनको भनाई थियो ।
पशु स्वास्थ्यका साथै सामाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिकामा रहेका पशु स्वास्थ्यकर्मी समक्ष अझै पनि केही कानुनी जटिलताहरु भएकोले त्यसलाई समाधान गर्न केन्द्रीय कमिटी लागिपरेको मेहेताले जिकिर गरेका थिए ।
अधिवेशनका अवसरमा उत्कृष्ट पशु स्वास्थ्यकर्मी सम्मान रानुमाया श्रेष्ठलाई प्रदान गरियो भने उद्यमीतर्फ मेचीनगर २ का कृषि तथा पशुपालन फर्मका सन्चालक बद्री निरौला र गौरादह ४ स्थित प्रवासी झापाली एग्रोलाई सम्म्मान गरिएको थियो ।
नेपाल पाराभेटेरीनरी एण्ड लाइभष्टक एशोसिएसन झापाका अध्यक्ष प्रेम सापकोटाको अध्यक्षमा सम्पन्न कार्यक्रम उपस्थित अतिथि तथा सहभागीलाई सदस्य धनपति न्यौपानेले शाब्दिक स्वगत गरेका थिए भने सचिव दिवश राईले कार्यक्रम सञ्चालन गरेका थिए ।
Comments