वैकल्पिक सरकार बनाउन जसपाले साथ दिने सङ्केत नदेखाएपछि कांग्रेस र माओवादी अलमल
Published:
by .काठमाण्डौ । वैकल्पिक सरकार बनाउने तयारीमा लागेका कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टीले साथ दिने सङ्केत नदेखाएपछि अलमलमा परेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउन कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् । तर ठाकुर र महतो ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा अझै देखिएका छैनन् ।
जसपाभित्रै उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । गएको शुक्रवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो । कांग्रेसको निर्णयपछि माओवादी केन्द्र पनि उत्साहित भएको थियो ।
कपिलवस्तुमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिटै वैकल्पिक सरकार बन्ने बताएका थिए । जसपासँग सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माओवादी केन्द्रको तयारी छ । तर जसपाले साथ दिने सङ्केत नदेखाएपछि माओवादी केन्द्र अलमलमा परेको छ । य
ही अलमलका कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या सुनिश्चितता नहुँदा कांग्रेस पनि अलमलमा छ ।
Comments