Sajhamanch Archive

महाराष्ट्रमा कर्फ्यु र लकडाउन घोषणा

Published: in समाज, स्वास्थ्य, by .

काठमाडौं । कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउनको घोषणा गरिएको छ ।

रातको समयमा कर्फ्यु लगाइने भएको छ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु लागू हुनेछ । नागरिकलाई घरबाहिर ननिस्किन भनिएको छ ।

शुक्रवार राति आठ बजेदेखि पूर्णरूपमा लकडाउन लागू हुनेछ । जुन सोमवार बिहान सात बजेसम्म कायम रहनेछ ।

लकडाउनका बेला पनि अत्यावश्यक सेवामात्र सञ्चालन हुनेछन् । महाराष्ट्रमा मात्रै हिजो ५७ हजारभन्दा बढी कोरोनाका सङ्क्रमित थपिएका थिए । भारतभर पछिल्लो २४ घण्टामा एक लाख बढी सङ्क्रमित थपिएका छन्। त्यस्तै हिजो ९३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

भारतमा अहिलेसम्म एक लाख ६५ हजारले ज्यान गुमाएका छन् । अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाखभन्दा बढी छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *