Sajhamanch Archive

तीनमध्ये दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप–कुलपति नियुक्त

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं । एक महिनादेखि रिक्त तीनमध्ये दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप–कुलपति नियुक्त भएका छन् । पाटन, कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप–कुलपति पदका लागि स्वास्थ्य मन्त्रीसहितको सिफारिस समितिबाट ३/३ जनाको नामावली प्रधानमन्त्रीसमक्ष पठाइएको थियो ।

सिफारिस गरिएका नामहरुमध्येबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मंगल रावललाई नियुक्त गरिएको हो ।

प्रधानमन्त्रीद्वारा आइतबार रावल र क्षेत्रीलाई चार वर्षका लागि उप–कुलपति नियुक्त गरिएको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठामा भने उप–कुलपतिको अन्तिम टुंगो लगाउन बाँकी छ । पाटनमा डा. राजेशनाथ गंगोल, डा. दानबहादुर कार्की अनिलकुमार मिश्रको नाम सिफारिस भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *