Sajhamanch Archive

काभ्रेमा खनाल–नेपाल समूहले समानान्तर जिल्ला कमिटी घोषणा गर्दै

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा मालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काभ्रेमा समानान्तर जिल्ला कमिटी घोषणाको तयारी गरेको छ । खनाल र नेपाल समूहले मंगलबार बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा प्रदेश कमिटीको घोषणा गर्दैछ ।

बिहान ११ बजे बस्ने बैठकले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश संयोजन कमिटी र लगत्तै बस्ने बैठकले १३ जिल्लामा समानान्तर कमिटी गठनको तयारी गरेको बुझिएको छ ।

काभ्रेमा टोकबहादुर वाइवालाई जिल्ला अध्यक्ष, वसुन्धरा हुमागाईंलाई उपाध्यक्ष, दीपक गौतमलाई सचिव र भक्तकुमारी लामालाई सहसचिव बनाउने तयारी गरेको स्रोतको जिकिर छ ।

वाइवा मण्डनदेउपुर नगरपालिकाका मेयर हुन् । हुमागाईं प्रदेश सांसद हुन् । गौतम र लामा विद्यार्थी राजनीतिबाट पार्टीमा उक्लिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *