भारतको नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु
Published:
by .नयाँदिल्ली । कोभिड–१९ संक्रमणको दर बढेपछि भारतको नयाँदिल्लीमा अप्रिल ३० तारिखसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ ।
दिल्ली सरकारले आजदेखि लागु हुने गरी रातको १० देखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि नै राष्ट्रिय राजधानी दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाउने प्रस्ताव गरिए पनि विचाराधीन अवस्थामा थियो । सोमबार तीन हजार ५४८ नयाँ संक्रमित थपिएसँगै दिल्लीमा कुल संक्रमितको संख्या ६ लाख ७८ हजार ९६२ पुगेको जनाइएको छ ।
सोमबार पनि भारतमा ९० हजार बढी नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमित हुनेको संख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Comments