Sajhamanch Archive

नेप्सेमा ज्योति लाइफको सेयर कारोबार सुरु

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, by .

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट सेयर कारोबार सुरु भएको हो ।

नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३६० रुपैयाँमा कारोबार भएको छ । ३६० रुपैयाँमा कम्पनीको सेयर ९० कित्ता कारोबार भएको छ ।

नेप्सेले कम्पनीको सेयर कारोबारको लागि १२० रुपैयाँदेखि ३६० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *