Sajhamanch Archive

आज प्रतिनिधि सभा बैठक बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ ।

संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस हुन लागेको हो । २०७६ पुसमा संसद अन्तरगतको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसले फरक मत राखे पनि सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो ।

समितिबाट विधेयक पारित भएपछि कांग्रेसले विज्ञप्ती निकालेर उक्त विधेयक सच्याउन माग गरेको थियो । वाक तथा प्रकाशन स्वतन्त्रतामा अंकुश लगाउने कतिपय प्रावधान समेटिएको भन्दै उक्त विधेयकको कांग्रेससहित सञ्चारमाध्यमहरुले विरोध जनाउँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *