Sajhamanch Archive

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

त्रिपुरेश्वरमा रहेको राखेपको कर्भडहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

खेल बिहान साढे ११ बजे हुनेछ । यस्तै, पुरुषतर्फको फाइनलमा एपीएफ क्लब र हेल्प नेपाल खेल्नेछन् । यो खेल दिउँसो साढे ३ बजे हुनेछ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *