Sajhamanch Archive

कहाँ चमत्कार भएको छ, आउनुस् बहस गरौँ : सांसद गगन थापा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई ‘विकासका काममा चमत्कार कहाँ–कहाँ भएको छ बहसका लागि संसदमा आउन’ चुनौती दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री ओलीले मिथ्यांक प्रस्तुत गरिरहेको भन्दै तथ्यांकमा रहेर बहसमा आउन चुनौती दिएका हुन् ।

ओलीले निर्माण सकिएको वर्षौंपछि उद्घाटन र ठेक्का नलाग्दै आयोजनाको शिलान्यास गरेको भन्दै थापाले आक्रोस पनि पोखे । “गर्नुपर्ने काम गरेको छैन । मिथ्यांक ल्याएको छ । गफ चुटेको छ । हुँदा–हुँदा निर्माण सकिएर दुई वर्ष अगाडिदेखि चालू भएको पुलको उद्घाटन भएको छ, सिन्धुली र राप्तीको पुल । ठेक्का लागेको छैन सुनकोशी मरिन डाइभर्सन आयोजनाको शिलान्यास गरिएको छ,” सांसद थापाले भने, “ हुक्के चिलिमेहरू राखेर तपाईंले माथिबाट ठोक्ने तलबाट ताली बजाउने रु अपिन माननीय सांसदहरूले संसदमा आएर बालपत्रिका सुनाएर बस्ने होइन । कहाँ चमत्कार भएको छ, संसदमा आउनुस् बहस गरौँ ।” उनले प्रधानमन्त्रीले प्रस्तुत गरेको तथ्यमा टेकेर आफूहरू बहस गर्न तयार रहेको बताए ।

केही दिनअघि प्रधानमन्त्री ओलीले १६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडकको शुभारम्भ गरेका थिए । त्यस्तै, सरकारले ३ हजार ५ सय १२ किलोमिटर सडक कालोपत्रे र ५ सय २८ वटा झोलुंगे पुलबाहेकका पुल बनाएको तथ्यांक प्रस्तुत गरेको थियो ।
सांसद थापाले प्रधानमन्त्री ओलीले दिनको १० किलोमिटर बाटो कालोपत्रे भएको भनेर भनेपनि दिनको ३ किलोमिटर बाटो पनि कालोपत्रे नभएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *