Sajhamanch Archive

विराट गोल्डकप : उद्घाटन खेलमा विराटनगरको विजयी सुरुवात

Published: in खेलकुद, by .

मोरङ । विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर महानगर ११ विजयी भएको छ ।

बिहीवार राति विराटनगरमा रहेको सहिद रङ्गशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २.१ गोलले पराजित गर्दै विराटनगर दोश्रो चरणमा प्रवेश गरेको हो ।

निकै आक्रामक भएको खेलको सुरुवातमा विराटनगर ११ का प्रकाश बुढाथोकीले गोल गरेर टिमलाई अग्रता दिलाए । खेल सुरु भएको ८ औं मिनेटमा प्रकाशको प्रहारमा पहिलो गोल भयो ।

खेल सुरु भएको ८ मिनेटमा गोल खाएपछि दबाबमा परेको सिक्किमले दोश्रो ८ मिनेट बित्न नपाउँदै गोल गरेर खेललाई बराबरीमा ल्यायो । खेलको १५ मिनेटमा सिक्किमका आशिष देवानले कर्नर साइटदेखि निकालेको क्रस पासलाई सदूपयोग गर्दै साङ्गे छोपेन भुटियाले सानदार गोल गरे ।

पहिलो हाफसम्म १र१ गोलको बराबारी भएको खेलमा दोस्रो हाफदेखि विराटनगर आक्रामक भएर मैदानमा उत्रिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले अर्को गोल गर्यो ।

खेल सुरु भएको ६५ औं मिनेटका सिक्किमका सोनम भुटियाले डिबक्स बाहिरदेखि गरेको उत्कृष्ट प्रहार बारमा लागेर बाहिरियो । घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले पाएको गोल गर्ने थुप्रै अवसर खेर फाल्यो ।

खेलको म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको शुक्रवारको खेल भारतको पञ्जाब पुलिस र गोर्खा ब्वाइजबीच हुनेछ । विराटनगर ११ का प्रशिक्षक सञ्जिव बुढाथोकीले खेलाडीहरुको मेहनतको कारणले सफलता हात पारेको बताए । उनले दोस्रो चरणमा रणनीति अपनाएर खेल खेल्ने बताए ।

विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । वैशाख ४ गतेसम्म हुने प्रतियोगिताका सब खेल साँझमा हुनेछन् । सहिद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन ।

तीन विदेशी टिमसहित १० टिमको सहभागिता रहेको र प्रतियोगितामा सहभागी सबै टिमले म्याच फी पाउनेछन् । प्रतियोगितामा मनाङ मर्स्याङ्दी, मछिन्द्र, सङ्कटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *