Sajhamanch Archive

कमलमा ४५ दिवसीय लोकसेवा तयारी कक्षाको समापन

Published: in मुख्य समाचार, शिक्षा, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाको आयोजनामा सञ्चालित लोकसेवा आयोगको तयारी कक्षा आज सम्पन्न भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रम अन्तरगत साईवर स्पेस ईन्स्टिच्युट (सिएसआई) दमकको सहकार्यमा लोकसेवाको ४५ दिने तयारी कक्षा औपचारिक कार्यक्रम गरी समापन गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकाले विकास निर्माणको कार्यमा मात्र नभई युवा लक्षित कार्यक्रम अन्तरगत लोकसेवाको तयारी कक्षा सन्चालन गरेको बताइन् ।

गाउँपालिका अध्यक्ष काफ्लेले भनेकी छन्, ‘पूर्वाधार विकासका साथसाथै कृषकहरुको जीवनस्तर उकास्नका लागि कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरेका छौ । पछिल्लो समय शिक्षामा समेत ठूलो लगानी थप गरेका छौं । अभिभावकको अंग्रेजी मोहका कारण गाउँपालिकामा भएका सामुदायिक विद्यालयमा अंग्रेजी किताव निःशुल्क प्रदान गरेर शैक्षिक उन्नयनका लागि प्रयास गरिरहेका छौं ।’

यसैगरी गाउँपालिकाका उपाध्यक्ष बेनु सिवकोटीले पूर्वाधार विकासले मात्र समाज परिवर्तन हुँदैन भन्दै समाज परिवर्तनका निम्ति जनतामा चेतना वृद्धि हुन आवश्यक रहेको औंल्याए । पालिकाले युवाहरुका निमित्त लोकसेवा तयारी कक्षा चलाएर लगानी गरेको बताउँदै उनले परीक्षामा यसको राम्रो सदुपयोग गर्न र लोकसेवा पास गरेर आफ्नै ठाउँका जनताको सेवामा लाग्न उपाध्यक्ष शिवाकोटीले उत्प्रेरित गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले आफू सरकारी जागिरमा प्रवेश गर्दाको अनुभव सुनाउँदै ध्यान दिएर अध्ययन गर्ने हो भने सजिलै लोकसेवा पास गर्न सकिने कुरामा विश्वास दिलाए । पछिल्लो समय सामाजिक सञ्जालका कारण पढाइको गुणस्तर खस्किँदै गएकोले यसतर्फ प्रशिक्षार्थीले ध्यान दिनुपर्ने उनले सुझाव दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *