आपसी समझदारीमा विवाद समाधान, दमक नगरको जग्गामा बनाइएका १५ वटा घर भत्काइयो
Published:
by .दमक । लामो समयदेखि विवादमा रहेको दमक ७ सुनचाँदी लाइनका घरहरु घरधनीहे आज आफै भत्काएका छन् ।
दमकको सुनचाँदी लाइनस्थित हाटखोलामा रहेको दमक नगरपालिकाको जग्गामा बसोबास गरिरहेका घरधनीहरुले आफैं घर टहरा भत्काएका हुन् । लामो समयदेखि हाटखोला क्षेत्रको नगरपालिकाको जग्गामा बसोबास गरेका उनीहरुले दमक नगरपालिकाको सहयोगमा १५ वटा घरटहरा भत्काएको सामाजिक अगुवा भूमि राईले बताएका छन् । धेरै अघिदेखि हाटखोलामा घर बनाई चिया पसल गर्दै आएकी चमेली बस्नेत राईले नगरपालिकाको सहयोगमा आफनो चिया पसलसहित घर भत्काएको प्रष्ट पारिन् ।
यसअघि घर भत्काउन नमाने पनि यो पटक भने घरधनीले मान्छे बोलाएर घर भत्काएको दमक ६ का शान्तकुमार आचार्यले जानकारी दिए । सो विवादित जग्गामा नगरपालिकाले यसअघि नै आधुनिक कम्प्लेक्स बनाउने निर्णय गरेको थियो । अरुबेला विवाद गरे पनि यसपटक भने हाम्रो घर भत्काई सामान गन्तब्यसम्म पुराइदिन आग्रह गरे अनुसार नगरपालिकाले नगर प्रहरी परिचालन गरी भत्काएका सामान पुराउन सहयोग गरेको दमक ७ का वडाअध्यक्ष भीम पौडेलको भनाई छ ।
घर भत्काएको स्थलमा पुगेका ठूलो संख्याका जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोलीले पनि सहयोग गरेको गाउँहरुले बताएका छन् ।
Comments