Sajhamanch Archive

राष्ट्रपतिबाट आज ६ सय ३३ जनालाई विभूषण प्रदान

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गरेकी छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषित गरेकी हुन् ।

२०७६ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष विभूषित गरिने भनिए पनि कोरोनाका कारण रोकिएको थियो । आज २०७६ सालमा नै घोषणा गरिएकाहरुलाई विभूषित गरिएको हो ।

महाउज्ज्वल राष्ट्रदीप मानपदवीबाट साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन मन्त्री स्वर्गीय रविन्द्रप्रसाद अधिकारीलाई मरणोपरान्त विभूषित गरिएको छ । यस्तै, सु-प्रसिद्ध प्रबल जनसेवा श्रीबाट सात जना, प्रसिद्ध प्रबल जनसेवा श्रीबाट एक जना, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट एक जना, सु-कीर्तिमय राष्ट्रदीपबाट ९ र सु-प्रबल जनसेवा श्रीबाट एक सय १२ जना विभूषित भएका छन् ।

त्यसैगरी कम्यूनिकेशन कर्नर एवं उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईं सहित पत्रकारहरु गगन विष्ट, गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल खनाल, गोविन्दप्रसाद चौलागाईं, टंक पन्त र फूलमान बल प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित भएक छन् ।

यस्तै, पत्रकार राजेन्द्र अर्याल, राजबहादुर गुरुङ, लक्ष्मी पुन, सूर्यबहादुर थापा क्षेत्री, हरिप्रसाद जोशी, चन्द्र न्यौपाने, मोहन चापागाईँ, सुवास खतिवडा, दिनेश पाण्डे, गोविन्द सिंह थापा, बलराम थापा, महेश दास, यज्ञप्रसाद शर्मा लगायत २ सय जना यो मानपदवीबाट विभूषित भएका छन् ।

२०७७ सालमा घोषणा गरिएका पाँच सय ९४ जनालाई आउँदो बुधवार विभूषित गर्ने तयारी छ । सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई मानपदवीबाट विभूषित गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *