Sajhamanch Archive

नेपालमा वर्षा र हावाहुरीले वायु प्रदूषण केही घट्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ ।

गएराति काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको थियो । वायु प्रदूषण मापन गर्ने नेपालको एक्यूआई अहिले १५० भन्दा तल झरेको छ ।

यो लक्षित समूहहरुका लागि अस्वस्थ अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो ।

आज फेरि सुधार भएर निश्चित समूहका लागि मात्रै अस्वस्थ अवस्थामा आइपुगेको हो । यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घरोगीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४७० एक्यूआईमा पुगेको थियो ।

तर, नेपालगञ्जको प्रदूषण भने कम हुन सकेको छैन । नेपालगञ्जको एक्यूआई एक सय ६९ मापन गरिएको छ । यो अति अस्वस्थ अवस्था हो ।

यस्तै, हिजो हावाहुरीसहित पानी परेपछि आज देशका धेरैजसो ठाउँको मौसम खुलेको छ । हिजो राति देशका धेरै ठाउँहरुमा हावाहुरीसहित पानी परेको थियो ।

अस्तिदेखि नै परेको पानीले मौसममा बिस्तारै सुधार हुँदै गइरहेको मौसमविद् गंगा नगरकोटीले बताए ।

हिजो रातिको पानीले आज प्रदेश(१ र देशको पहाडी भाग बाहेकका ठाउँहरुमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि(मनसुन भएकाले आज पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा फाट्टफुट्ट पानी पर्न सक्ने मौसमविद् नगरकोटीको भनाइ छ ।

हिजो गण्डकी, वाग्मती र प्रदेश(१ मा पानी परेको थियो । अहिले न्यूनचापीय मौसमी प्रणाली कमजोर बन्दै गएको र स्थानीय वायुको प्रभाव रहेकाले ठूलो पानी पर्ने सम्भावना भने कम रहेको उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *