Sajhamanch Archive

चन्द्रगढीमा महिला कानुनी साक्षरता प्रशिक्षण सम्पन्न

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by .

भद्रपुर । चन्द्रगढी सेवा समाजको आयोजना तथा झापा बारको सहयोगमा महिला कानून सम्बन्धी एक दिने साक्षरता प्रशिक्षण चन्द्रगढीमा सम्पन्न गरिएको छ ।

समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा महिला सचेतनाका लागि कानूनी साक्षरता सम्बन्धी प्रशिक्षण सम्पन्न गरिएको हो ।

समाजका उपाध्यक्ष नयाँनाथ पाण्डेले स्वागत गरेको कार्यक्रममा अधिवक्ता देवी निरौला अधिकारी र उमाकान्त पोखरेलले प्रशिक्षण दिएका थिए । तालिममा भद्रपुर वडा नं. ९ का ३० जनाको सहभागिता रहेको थियो ।

देवीमाया अधिकारीको सञ्चालन रहेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीले कानूनी रूपमा महिलाका अधिकार धेरै भए पनि सचेतना अभावमा हिंसा, अन्याय सहनुपर्ने बाध्यता न्यूनीकरणका लागि प्रशिक्षण आवश्यक रहेको प्रष्ट पारेका थिए ।

कार्यक्रममा भद्रपुर ९ नं. का कार्यवाहक वडाध्यक्ष रामप्रसाद दाहाल, बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारी, मानव अधिकारका लागि महिला एकल महिला समूहकी केन्द्रीय सचिव रेखा अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *