Sajhamanch Archive

कतार गएका उप्रेती पाँच वर्षदेखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । वैदेशिक रोजगारको सिलसिलामा कतार गएका एक युवक पाँच वर्षदेखि बेपत्ता भएका छन् ।

झापाको कचनकवल ६ घर भएका ४८ वर्षिय सागर उप्रेती २०७२ मंसिर ९ गते कतार गएका थिए । बिर्तामोडस्थित एक्टीभ मेनपावरबाट बिदेशिएका उनी गएको एक वर्षपछि देखि सम्पर्कविहीन बनेको परिवारले जनाएको छ ।

शनिबार बिर्तामोडस्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै परिवारले आफ्नो समस्या राखेका हुन् । उप्रेती परिवारले प्रहरी प्रशासनलाई पटकपटक निवेदन दिँदा समेत वास्ता नगरेको र मेनपावरले पनि यस कुरालाई चासो नदेखाएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै सागरकी श्रीमती रामकुमारीले आफ्नो श्रीमान जिउँदो या मरेको भएपनि खोजी गरिदिन आग्रह गरिन् ।

उनले भनिन् ‘म आजको दिनसम्म उहाँलाई खोजी गरिरहेकी छु, विवाह भएको ९ महिनापछि देखि म उहाँसंग सम्पर्कमा छैन, म छोरी मान्छे भएर कसलाई गुहार्नु, मेरो बाँच्ने आधार छोराछोरीको ठाउँबाट पनि छैन । त्यसैले खोजी गरिदिन बिन्ती गर्छु ।’

पत्रकार सम्मेलनमा बोल्दै बुवा प्रेमप्रसाद उप्रेतीले आजको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७६ साल कार्तिक १० गते ८ः५७ बजे छोरा नेपाल प्रवेश गरेको रेकर्ड प्राप्त भएको तर त्यसपछि पनि छोराको पत्ता नलागेको बताए ।

त्यसैगरी सागरका मामा तुलसी मैनालीले भान्जाको खोजीकार्यमा मेनपावरले झुटो आश्वासन देखाएको भन्दै कतैबाट पत्ता नलागेपछि आफूहरु मिडियाको सहयोग माग्न आएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *