Sajhamanch Archive

सरकार ढाल्न खोजेका छन् तर जान्छ भन्ने पिर छैन : प्रधानमन्त्री

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योग व्यवसायलाई अघि बढन बाधा पार्ने कानुनी प्रावधान र विलम्बकारी प्रशासनिक प्रक्रियालाई बदल्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उद्योग व्यवसायीका लक्ष्यले सरकारसमेतको लक्ष्य भएको बताए ।

देशले लामो समयदेखि चुनौतीको रुपमा झेलेको व्यापार घाटाको नियमति वृद्धिमा हाल नियन्त्रण हुदै गएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब यो क्रमशः कम हुँदै जाने समेत बताए ।

राजनीतिक प्रसंगतर्फ औंल्याउँदै प्रधानमन्त्रीले देश बनाउने र व्यक्ति स्वार्थ सिद्धि गर्ने चिन्न सक्नुपर्ने बताए ।

प्रधानमन्त्री अ‍ोलीले देशमा सरकार परिवर्तनको कुरा गर्न थालिएको बताउँदै प्रश्न गरे, “अहिले सरकार किन परिवर्तन गर्नुप¥यो रु”

आफ्ना विपक्षी नेताहरुले केही पनि भएन भन्ने गरेको उल्लेख गरे ।

“योभन्दा बढी त लखनौंको एक्का घोडाले पनि देख्छ । अन्त नदेखे पनि बाटो त देख्छ त्यसले,” ओलीले भने ।

उनले संसदीय अंकगाणितलाई दुरुपयोग गरेर सरकार ढाल्न खोजिएको बताउँदै प्रधानमन्त्रीले सरकार जान्छ कि भन्ने पिर नभएको समेत बताए ।

“केही छैन सरकारबाट बाहिरिनु परै हदमा २० महिना नहोला, त्यसपछि अंक गणितलाई तलमाथि पार्ने सकुनीका गोटी पनि फ्याँकिने छन्,” प्रधानमन्त्रीको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *