Sajhamanch Archive

शिखर र पृथ्वीको शानदार पारीमा दिल्लीको जित

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले सुखद सुरुआत गरेको छ । शनिबार भएको खेलमा दिल्लीले चेन्नेईले सुपर किङ्समाथि ७ विकेटको जित निकालेको हो ।

वानखाडे स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १८९ रनको लक्ष्य दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९० रन बनायो । दिल्लीलका लागि शिखर धावनले ८५ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले १० चौका र २ छक्का प्रहार गरे ।

पृथ्वी श्वले ७२ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । दिल्लीका लागि कप्तान रिषव पन्तले १५ रन बनाउँदा मार्कुस स्टोइनिसले १४ रन बनाए । बलिङतर्फ चेन्नईका लागि शार्दुल ढाकुरले २ विकेट लिँदा डोनी ब्राभोले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो । चेन्नईका लागि सुरेश रैनाले ५४ रनको अर्धशतकिय इनिङ्स खेले । त्यस्तै साम कुरानले ३४ रन बनाए ।

चेन्नेईका लागि मोइन अलीले ३६, आम्बाती रायडुले २३ र रविन्द्र जडेजाले २६ रनको अविजित पारी खेले ।

दिल्लीका क्रिस वाक्स र अभेष खानले समान दुईरदुई विकेट लिए । त्यस्तै रविचन्द्रन आश्विन र टोम कुरानले समान एक रएक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *