Sajhamanch Archive

नेकपा एमालेको संसदीय समितिमा नाम हेरफेरको सिफारिस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको छ । फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचनाअनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै आएको उसले हेरफेरको सिफारिस गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेर बहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराई र शान्ता चौधरी सिफारिस गरिएको छ ।

संसदीय सुनुवाई समिति निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई र शान्ता चौधरी र राजेन्द्र राई सिफारिस गरिएको छ । जसमा राई मात्रै खनाल–नेपाल समूहका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *