दाम्राभिट्टा पुग्यो कर्णाली साकोस
Published:
by .रतुवामाई । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले पनि सेवा बिस्तार गर्ने क्रममा मोरङको रतुवामाई नगरपालिका ८ स्थित दाम्राभिट्टामा चैत २९ गते संस्थाको परिचयात्मक कार्यक्रम गरेको छ ।
सहकारीको दाम्राभिट्टा सेवा केन्द्रको व्यवस्थापनमा भएको कार्यक्रममा सहकारीले सदस्यहरुलाई दिने सेवा सुविधाको बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा संस्थाको नीति–नियम, सेवा सुविधासहित विषेश उपचार कोषको बारेमा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले सहजीकरण गरेका थिए । सो क्रममा सहकारीको विषेश उपचार कोषमा आवद्ध सदस्यहरुलाई कुनै पनि बिरामी भएमा संस्थाले १० लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने साथै ऋणिको मृत्यु भएमा कर्जा रकम मिनाहासम्मका सुविधा रहेको जानकारी गराइएको थियो ।
रतुवामाई नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दकुमार चापागाईको प्रमुख आतिथ्यमा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।
Comments