एमसीसीलाई संसदको बिजनेस बनाउन सांसद अधिकारीको आग्रह
Published:
by .काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई संसदको बिजनेस बनाउन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले सभामुखलाई यस्तो आग्रह गरेका हुन् । सांसद अधिकारीले एमसीसीसम्बन्धी प्रस्ताव संघीय संसदमै रहेको भन्दै सभामुखले बैठकमा पेश गर्नुपर्ने बताएका हुन् ।
एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज त्यो थान्को लागेर सभामुख महोदय तपाईं समक्ष छ’ अधिकारीले भने, ‘‘यो संसदमा तीनरचार वर्ष कति वर्षसम्म लड्काउने हो रु एमसीसी तुरुन्त बहसको विषय बनाइयोस् र संसदको विजनेस बनाइयोस्, संसदको विषय बनाइयोस् भन्ने जोडदार माग राख्न चाहन्छु ।’
Comments