Sajhamanch Archive

आत्मालोचना गरेर पार्टीमा फर्किन माधव नेपाललाई ओलीको आग्रह

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बनमा परेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टी अध्यक्ष केपी ओलीले आग्रह गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाललाई यस्तो ‘ललिपप’ देखाएका हुन् । प्रधानमन्त्री ओलीले पार्टीलाई ध्वस्त पार्न खोजे नेता नेपाललाई ठीक पार्ने चेतावनी पनि दिएका छन् ।

एमाले अध्यक्ष अ‍ोलीले भनेका छन्, ‘अहिले पनि तपाईलाई पार्टीबाट निष्कासन गरेका छैनौं, आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।’ ‘माधव नेपालजी पार्टीमा आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना चाहिँ गर्नुस् ।’

गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने पनि अध्यक्ष ओलीले प्रस्ट पारेका छन् । आफूलाई जति भनेपनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले बताए । नेता नेपालले अहिले पनि बोलिरहेको भन्दै उनले अघि भने, ‘म सीमा हेरिरहेको छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *