Sajhamanch Archive

घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्य

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । ७० करोड घुस मागेको अभियोग खेपिरहेका नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समिति सदस्य बनेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा एमाले संसदीय दलको सिफारिस अनुसार बाँस्कोटा सो समिति सदस्य बनेका हुन् ।

बाँस्कोटाले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । सो अडियो बाहिर आएपछि बाँसकोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न समितिमा भएका हेरफेरको सूची प्रतिनिधि सभाको बैठकमा सोमबार पेश गरेका हुन् ।

नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको थियो । फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचनाअनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै आएको उसले हेरफेरको सिफारिस गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *