Sajhamanch Archive

प्रहरीको गोली प्रहारबाट अमेरिकामा अश्वेत नागरिकको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, by .

काठमाडौं । अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको ज्यान गएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिनमा २० वर्षका डन्टे राइटको ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रहरीले गल्तीवश गोली चलेको जनाएको छ । तर घटनापछि प्रदर्शन र लुटपाटका घटना भइरहेका छन् । तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

अमेरिकाका मिनसोटाको मिनियापलिस र सेन्ट पलमा आपतकाल घोषणा गरिएको छ । ती सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

अर्का एक अश्वेत जर्ज फ्लोइडको हत्याको आरोपमा पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा मिनियापलिसमा पनि प्रदर्शन भइरहेको जनाइएको छ ।

राष्ट्रपति जो बाइडनले गोली प्रहार हुनु दुःखद् भएको तर प्रदर्शन र लुटपाटको औचित्य नरहेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *