एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
Published: (Updated: )
by .झापा । एक्सेल डेभलपमेन्ट बैंक झापाले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बैंकको गत असार १४ गते सम्पन्न आफ्नो १४औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको एजेन्डा अनुमोदन गरेको थियो । बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्काशनको एजेन्डा पारित गरेको थियो ।
यो हकप्रद १०० अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार ३६७ दशमलव ४२ रुपैयाँ बराबरको हुनेछ, जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद जारी गर्नेछ ।
उक्त सम्झौतामा एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल र एनआईबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाबीच हस्ताक्षर भएको हो ।
Comments