Sajhamanch Archive

नक्कली कागज बनाएर ५० लाख ठगी गरेको आरोपमा पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरी छन् ।

ठकुरीले नागार्जुन नगरपालिका–६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको पाइएको छ ।

महानगरीय अपराध महाशाखा भीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५, स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *