Sajhamanch Archive

एयरलाइन्स कम्पनीले कोरोना संक्रमित बढेसँगै सतर्कता बढाउँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । कोरोना संक्रमितको संख्या पुनः बढेसँगै एयरलाइन्स कम्पनीले सतर्कता बढाएका छन् । कम्पनीले सर्तक हुन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न यात्रुलाई आग्रह गरेका छन् ।

बुद्ध एयरले कोभिडविरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई आफ्ना सम्पूर्ण कर्मचारीलाई सुरक्षा तालिम, जनजागरण तथा पीपीई अहिले पनि प्रयोग गरिरहेको जनाएको छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले संक्रमणरहित हवाई यात्राका लागि प्रतिबद्ध रहेको बताए । “यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्यान्ड स्यानिटाइजको प्रयोग अनिवार्य बनाएको छौँ,” उनले भने, “हामीले हरेक उडानको यात्रु डाटावेस कम्प्युटरकृत गरेका छौँ, सरोकारवाला निकायले मागेको खण्डमा तुरुन्तै दिन सक्छौँ ।”

बुद्ध एयरका करिब सबै कर्मचारीहरुले कोरोनाविरुद्धको पहिलो मात्र खोप लगाइसकेको जनाइएको छ । “हवाई उडान पुनः सुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको छ । स–साना पसलदेखि ठूल्ठूला होटेल, पर्यटकीय यातायात तथा गतिविधिहरु फेरि सुचालु भएका छन् । अहिले पुनः ठूलो जनशक्तिले रोजगार पाइरहेका छन् । तसर्थ, उडान सहज, सरल र संक्रमणरहित बनाउन यात्रुहरुको पनि उत्तिकै भूमिका रहेको हुँदा निर्देशिका पालना गर्न अनुरोध गर्दछौँ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *