Sajhamanch Archive

१२३ जनाको नमुना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

 काठमाडौं । बाँकेमा एकैदिन ७५ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

बाँकेका कारोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

फोकल पर्सन ओलीले अनलाइनखबरलाई भने, ‘स्वास्थ्यमा समस्या देखा परेपछि भेरी अस्पतालमा १२३ जनाको मंगलबार स्वाब संकलन गरिएको थियो । जसमध्ये बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।’ ओलीका अनुसार संक्रमण पुष्टि हुनेमा सबै उमेर समूहका रहेका छन् ।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी डाइग्नोस्टिक ल्याबमा गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *