Sajhamanch Archive

नेपाल समूहका सांसदसँग एक्लाएक्लै छलफल गर्दै ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुसँग एक्लाएक्लै संवाद गरिरहेका छन् । केही दिनयता नेपाल समूहका सांसदहरुसँग ओलीले संवाद गरिरहेका हुन् ।

स्रोतका अनुसार ओलीले आफूलाई साथ दिन प्रस्ताव गरिरहेका छन् । ‘प्रधानमन्त्री समूहगत रुपमा छलफल गर्ने पक्षमा हुनुहुन्न । तर, व्यक्तिगत रुपमा नेताहरुसँग कुराकानी भइरहेको छ,’ स्रोतले भन्यो । तर, नेपाल समूहका सांसदहरुले भने व्यक्तिगत रुपमा कुनै निर्णय नलिने अडान लिइरहेका छन् ।

‘उहाँ माधव समूहका सांसदहरुहरु व्यक्तिगत निर्णय नलिने अडानमै हुनुहुन्छ । तर, प्रधानमन्त्रीले भने व्यक्तिगत निर्णय लिएमा पार्टीको जिम्मेवारी दिने बताइरहनुभएको छ,’ एक नेताले भने । गत १३ चैतमा बोलाइएको संसदीय दलको बैठकमा नेपाल समूहका सांसदहरु सहभागी भएका थिए । तर, त्यसअघि ७ चैतको बैठकमा भने गएका थिएनन् । अर्थात्, नेपाल समूहका सांसदहरु समूहगत निर्णयकै आधारमा बैठकमा समेत जाने वा नजाने निर्णय समेत लिइरहेका छन् ।

अध्यक्ष ओलीले भने व्यक्तिगत रुपमा मनाएर सांसदहरु तान्ने प्रयास गरिरहेका छन् । एमालेका १२१ मध्ये ३८ सांसद नेपाल समूहमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *