Sajhamanch Archive

आज बागमती प्रदेशसभाको बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्ने बताए ।

प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । बैठक सन्चालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ रोकिएका छन् ।

प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् । सो मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन् ।

मापदण्डविनै विद्युतीय बस खरिद प्रकृया अगाडि बढाएर भ्रष्टाचारलाई प्रत्साहन गर्न खोजिएको उनीहरुको आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *