Sajhamanch Archive

गण्डकीमा आजै अविश्वास प्रस्ताव दर्ता र समावेदनको तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

पोखरा । गण्डकी प्रदेशमा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अश्विासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ ।

अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका दलको संयुक्त बैठक बस्दै छ । बैठकपछि प्रदेससभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिने बताइएको छ ।

आजै प्रदेश प्रमुखसमक्ष समावेदनको माग गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

संविधानको धारा १८३ (३) मा ‘प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने’ व्यवस्था छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिएपछि हठात् गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो । मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले दिएको जानकारीअनुसार बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *