Sajhamanch Archive

जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

 प्युठान । प्युठानमा हिजो जीप दुर्घटनामा परि ज्यान गुमाएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द गरिएको छ ।

दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्कीको जीप दुर्घटनामा ज्यान गएपछि प्रशासनले शोकमा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले आज कार्यालयको सबै कामकाज पूर्णरुपमा बन्द रहने र भोलिदेखि सोमवारसम्मका लागि शान्ति सुरक्षा र मुद्दा सम्बन्धीका कामकाजबाहेक अन्य सेवा बन्द हुने बताए।

हिजो गुल्मीको सदरमुकाम तम्घासबाट स्वर्गद्वारी दर्शनका लागि छुटेको लु १ ज १६५५ नम्बरको जीप प्युठान नगरपालिका ३ रुमाले नजिकै दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । घाइते भएका ७ जनाको काठमाण्डौमा उपचार भइरहेको छ भने एक जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

अन्य चार जना भने सामान्य उपचारपछि घर फर्किएका प्रकाशकीय अधिकृत उद्धव पन्थीले जानकारी र्दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *