Sajhamanch Archive

आज रुरु जलविद्युतको आईपीओ बाँडफाँड

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । रुरु जलविद्युतको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कान आईपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार बिहान साढे ८ बजे कम्पिनीको आईपीओ बाँडफाँड हुने जनाएको छ ।

कम्पनीको आईपीओमा १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता सेयर माग भएको छ । कम्पनीले चैत २० गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १२० रुपैयाँ दरका ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वासाधारणका लागि बिक्री खुला गेरको थियो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार ३ लाख ७९ हजार १६७ कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ३७ हजार ९१६ जनालई १० कित्ता र जसमध्ये ७ जनालाई थप एक कित्ता भागमा आउँछ ।

बाँकी १६ लाखभन्दा बढी करिब ९८ प्रतिशत लगानीकर्ताको हात खाली हुने प्रारम्भिक तथ्यांकले देखाउँछ । यस आधारमा कम्पनीको सेयर १०० जनामा ९८ जनाले पाउने छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *