Sajhamanch Archive

म्यानमारमा सुरक्षाकर्मीबाट कम्तीमा ५१ जना बालबालिकाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, समाज, by .

काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको तर्फबाट कम्तीमा ५१ जना बालबालिकाको ज्यान गएको विवरण सार्वजनिक भएको छ ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परि उनीहरुको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको हो ।

आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीले गरेको आक्रमणका क्रममा उनीहरूको ज्यान गएको राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले बताएका छन् ।

गएको फेब्रुअरी १ देखि अहिलेसम्म म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएकामध्ये कम्तीमा ५१ जना बालबालिका रहेको उनको भनाइ छ । आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकालाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उनले जानकारी दिए ।

हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसङ्घले पटक पटक आग्रह गरेपनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि चुनाव गराउने बहानामा म्यानमारको सत्ता हातमा लिएको छ ।

तत्कालीन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो । आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *