Sajhamanch Archive

कांग्रेस–माओवादी केन्द्रको ‘भ्यागुताको धार्नी’ पुग्दैन : मुख्यमन्त्री गुरूङ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कांग्रेस–माओवादी केन्द्रको भ्यागुताको नपुग्ने जिकिर गरेका छन् ।
मुख्यमन्त्री गुरूङले गण्डकी प्रदेशको मौजुदा सरकार विस्थापन गर्नुपर्ने कुनै कारण नरहेकाले अविश्वास पक्षधरहरूको मत नपुग्ने बताएका हुन् ।

“माओवादी केन्द्रलाई मैले भनेको छु, तपाईंहरूको भ्यागुताको धार्नी पुग्दैन । तपाईंहरू सरकार किन छाडेर जानुुहुन्छ । फेरि पनि आउनुहोस् । अविश्वासको प्रस्तावतिर नलाग्नुहोस्, बसेर कुरा कुरा गरौँ,” मुख्यमन्त्री गुरूङको भनाइ थियो ।

त्यस्तै तीन मत रहेको राष्ट्रिय जनमोर्चालाई पनि वाम एकताबाट विचलित नहुने आग्रह गरेको उनको भनाइ थियो । वामआन्दोलनको वकालत गर्ने तर गण्डकी प्रदेशमा कांग्रेस बोकेर हिँड्दा यसले के सन्देश जान्छ भन्नेमा जनमोर्चा प्रष्ट हुनुपर्ने उनको तर्क छ ।

“वाम एकता गठजोड कायम राख्न तपाईंहरूले दिएको समर्थन फिर्ता लिनुहुँदैन,” गुरूङले बाह्रखरीसँग भने, “होइन कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्छ, वामसाम सकियो, मार्क्सवाद पनि मेटियो भन्ने, अग्रगमन, प्रतिगनको कुरा भएन, हामी प्रतिगमनकै मतियार हौँ भन्ने हो भने अघि बढ्नुस् भनेर भनेको छु ।”

गुरूङले गण्डकी प्रदेश सरकारले कुनै प्रतिगमन नगरेको बरु अहिले माओवादी केन्द्र र जनमोर्चाले चाल्न खोजेको कदमले चाहिँ प्रतिक्रान्तिकारी पुष्टि हुने बताए ।

“हामीले कुनै प्रतिगमन गरेका छैनौँ, बरु उहाँहरू निम्त्याउन खोज्दै हुनुहुन्छ,” उनले थपे ।

जनता समाजवादीसँग माथिचाहिँ कुरा मिल्लाजस्तो हुने तलचाहिँ अविश्वासको प्रस्तावमा सही गर्दै हिँड्दा उनको असलियत पनि प्रष्ट भएको गुरूङको भनाइ छ ।

तथापि, पछिल्लो गठबन्धनले मौजुदा सरकार ढाल्न नसक्ने उनको विश्वास थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *