Sajhamanch Archive

दुई लघुवित्तसहित १५ कम्पनीको आईपीओ पाइपलाइनमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

काठमाडौं । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओको अनुमति माग गर्दै १५ वटा संगठित संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आईपीओ निष्कासनको अनुमति माग गर्नेमा लघुवित्त समूहका दुई, अन्य समूहको एक र हाइड्रोपावर समूहका १५ वटा कम्पनी छन् ।

उक्त १५ वटा कम्पनीले पाँच अर्ब ६३ करोड बढीको पाँच करोड ६३ लाख ३१ लाख ९९५ कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गरेका छन् । बिहीबार मात्रै बोर्डले सीईबीडी हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो ।

नेपाल सरकारको समेत लगानी रहेको चिलिमे हाइड्रोपावरको सहायक कम्पनी मध्यभोटेकोसी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण्का लागि समेत गरी सर्वाधिक एक अर्ब १० करोड रुपैयाँ बराबरको एक करोड १० लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले २०७६ माघ ७ गते बोर्डमा आवेदन दिएको हो ।

यस्तै हाइड्रोपावर क्षेत्रकै विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वासाधारणलाई गरेर २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गरेको छ ।

ङ्यादी हाइड्रोपारले पनि स्थानीय र सर्वसाधारणका लागि ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गरेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणको लागि सात करोड ३६ लाख २८ हजार छ सय रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गरेको छ ।

यी चारवटै कम्पनीले बोर्डमा पेस गरेको विवरण अध्ययन पनि भइसकेको छ । प्राप्त विवरण अध्ययन गरेपछि आवश्यक प्रक्रिया पूरा गरेर यी कम्पनीले बोर्डबाट स्वीकृति पाउनेछन् ।

अन्य क्षेत्रको कम्पनीमा डिस मिडिया नेटवर्क २३ करोड ८५ लाख ९२ हजार नौ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता साधारण सेयर जारी गर्न बोर्डको स्वीकृतिको पर्खाइमा छ ।

हिमालयन हाइड्रोपावर पनि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमतिको पर्खाइमा छ ।

यी दुइवटै कम्पनीको विवरण अध्ययन गरेर आवश्यक थप विवरण माग गरिएको बोर्डले जनाएको छ ।

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ करोड सात लाख ५० हजार रुपैयाँको ३३ लाख सात हजार पाँच सय कित्ता, ग्रिन भेन्चर लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता र बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर स्थानीय र सर्वसाधारणलई बिक्री गर्न बोर्डसँग अनुमति माग गरेका छन् ।

त्यस्तै सयपत्री हाइड्रोपावरले नौ करोड रुपैयाँ बराबरको नौ लाख कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, सामलिङ पावर कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता र साहस उर्जाले एक अर्ब पाँच करोड बराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयर स्थानीय र सर्वसाधारणलाई जारी गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

यी कम्पनीको आवेदनमाथि प्रारम्भिक अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

यसबाहेक लघुवित्त क्षेत्रका दुई कम्पनी जीवन बिमा लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार तीन सय कित्ता र मनकामना स्मार्ट लघुवित्तले तीन करोड ८९ लाख रुपैयाँ बराबरको तीन लाख ८९ हजार कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् ।

यसबाहेक पनि युनियन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्सले पनि आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएका छन् ।

अन्य केही लघुवित्त र हाइड्रोपावर कम्पनी पनि आईपीओ निष्कासनको तयारीमा छन् । त्यसबाहेक सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिलले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *