Sajhamanch Archive

३७ हजार ९१६ जनालाई रुरु जलविद्युतको आईपीओ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । रुरु जलविद्युत आयोजनाको साधारण सेयर आईपीओ ३७ हजार ९१६ जनाले प्राप्त गरेका छन् । आईपीओ पर्नेहरुले १०/१० कित्ता सेयर पाएका छन् ।

१०/१० कित्ता बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता थप ७ जनालाई एकरएक कित्ताका दरले वितरण गरिएको छ । रुरुको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदन परेको थियो । कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर बिक्रिमा राखेको थियो ।

त्यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारीलाई, २० हजार ३८५ कित्ता सामुहिक लगानी कोष र बाँकि ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणको बिक्रीका लागि खुला गरिएको थियो ।

शुक्रबार रुरुको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले २० चैतबाट प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर बिक्रीमा ल्याएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *