Sajhamanch Archive

विराटनगरमा दोस्रो ऋचा स्मृति टी–ट्वान्टी क्रिकेट हुने

Published: in खेलकुद, by .

काठमाडौं । दोस्रो सिजनको ऋचा स्मृति टी–ट्वान्टी क्रिकेट प्रतियोगिता मोरङको विराटनगरमा हुने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा यही वैशाख १५ देखि २२ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

बैजनाथपुर क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा देशभरका १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ । ऋचा स्मृति टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो सिजन अष्ट्रेलियामा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *