Sajhamanch Archive

प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्थानीय तह, स्वास्थ्य, by .

विराटनगर । शनिबार प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २४३ जनाको पीसीआर परीक्षण गरिएकोमा १६ जना महिला र २३ जना पुरुष गरी ३९ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा मोरङका जना १८, सुनसरीका ११, झापाका ८, इलाम र प्रदेश १ बाहिरका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार विराटनगरका १६, रतुवामाई र पथरीशनिश्चरेका एक–एक, सुनसरीको धरानका ५, इटहरीका ४ र रामधुुनीका २, झापाको बिर्तामोडका ४, भद्रपुरका २, गौरादह र अर्जुनधाराका एक–एक, इलामको सूर्योदय र प्रदेश १ बाहिरका एक–एक जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६०४ पुगेको छ । जसमध्ये २९ हजार ८८७ जना संक्रमणमुक्त भइसकेका छन् । सक्रिय संक्रमितको संख्या २४५ रहेको छ ।

प्रदेशमा हालसम्म २ लाख ३४ हजार ६९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *