Sajhamanch Archive

आज मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । पहाडी भू–भागका थोरै स्थानमा आज मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

विभागका अनुसार आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।

मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेकाले सतर्क हुन विभागले नागरिकलाई आग्रह गरेको छ । केही दिन यता हरेकदिन अपहराह्न्न पछि हावाहुरी, चट्टयाङ्गसहित सामान्य वर्षा हुँदै आएको छ । स्थानीय वायु सक्रिय भएर हावाहुरी, चट्टयाङ्गसहित सामान्य वर्षा भए पछि केही हप्ताअगाडि बाट नियमित रुपमा लाग्दै आएको तुवाँलो हटेको छ । बाक्लो तुुँवालो लागेर वायु प्रदूषण बढेपछि सरकारले चारदिन देशभरका विद्यालय बन्द गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *