Sajhamanch Archive

‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गरिने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गर्ने भएका छन् । संघीय संसद् सचिवालयले आइतबार पदमुक्त भएको सूचना टाँस गरेपछि बादलको राष्ट्रियसभा सदस्य र मन्त्री पद दुवै रिक्त भएको थियो ।

उनलाई संविधानको धारा ७८ (२०) अनुसार आजै ६ महिनाको लागि मन्त्री नियुक्ति गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ । संविधानमा सांसद पदमा बहाल नरहे पनि ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ ।

मौजुदा मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी सांसद छैनन् । त्यस्तै, खानेपानीमन्त्री मणिचन्द्र थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि गैरसांसद हुन् ।

उनीहरूलाई दल त्यागअन्तर्गत सांसद पद रिक्त भएपछि प्रधानमन्त्रीले मन्त्रीमा पुनर्नियुक्ति गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *