Sajhamanch Archive

माधव नेपाल समूहको ओलीले गरेका निर्णय बदरको माग

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरु बदरको माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।

आइतबार उनीहरु निर्वाचन आयोग पुगेका हुन् ।

नेता बेदुराम भुसालका अनुसार फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि ओलीले नेकपा एमालेका नाममा गरेका एकलौटी निर्णय बदरको माग गरिएको छ ।

उक्त निर्णयहरु सबै खारेज गर्न उनीहरुले माग गरेका छन् । उनीहरुले एक पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।

यसअघि पनि नेपाल समूहले ओलीले गरेको निर्णय कार्यान्वयन नगर्न माग गर्दै पत्र बुझाएका थिए । भुसालसँगै नेता राजेन्द्र पाण्डे पनि निर्वाचन आयोग पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *