Sajhamanch Archive

माओवादीको स्थायी समिति बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरु बताउँछन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया भंग गर्दै माओवादी केन्द्र व्युँताइदिएपछि अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा छन् ।

तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन । समर्थन फिर्ता नलिँदा नयाँ सरकार बन्न नसकेको भनेर प्रतिपक्षी दलका नेताहरुले माओवादीको आलोचना गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *