Sajhamanch Archive

राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्यको घोषणा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकको सिफारिसबमोजिम उनले दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले सोमबारै संसद् अधिवेशन अन्त्य गरेको पत्र संसद् सचिवालयलाई पठाएको छ । पत्रमा राष्ट्रपतिले भनेकी छन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ / १/६ को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १०० बजेदेखि अन्त्य गरेको छु ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसअघि राष्ट्रपति भण्डारीले गत फागुन २३ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते संसद् विघटन गरेकोमा सर्वोच्च अदालतले फागुन ११ गते त्यसलाई पुनस्थापना गरिदिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *