Sajhamanch Archive

नेपालका बलरले कसिलो बलिङ गर्दा मलेसिया १०९ रनमै सीमित

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले मलेसिया र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनायो ।

मलेसियाले दोस्रो ओभरको चौथो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि करण केसीले पहिलो विकेट लिए । करणले अनओर उदिनलाई ८ रनमा आउट गराएका हुन् ।

मलेसियाले चौथो ओभरको दोस्रो बलमा आफ्नो दोस्रो विकेट गुमायो । मलेसियाका कप्तान चौथो ओभरको दोस्रो बलमा ३ रन आउट भए । नेपालका करण केसीले फालेको बलमा विकेट किपर विनोद भण्डारीले रन आउट गराएका हुन् ।

सातौं ओभरको अन्तिम बलमा मलेसियाले आफ्नो तेस्रो विकेट गुमाएको थियो । नेपालका लागि सोमपाल कामीले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो विकेट लिएका थिए । उनले भिरन्दीप सिंहलाई बोल्ड आउट गराएका हुन् । भिरन्दीपले मलेसियाका लागि ६ रन बनाए ।

मलेसियाले आठौं ओभरको पाँचौ बलमा आफ्ना सेट ब्याट्सम्यान सायद अजिजको रुपमा चौथो विकेट गुमाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अजिजलाई क्याच आउट गराएका हुन् । दिपेन्द्रले फालेको बलमा आसिफ शेखले क्याच आउट गराए । अजिजले मलेसियाका लागि २७ रनको योगदान गरे ।

मलेसियाले आफ्नो पाँचौं विकेटको रुपमा साकिव सारिफलाई गुमाएको थियो । सन्दीप लामिछानेले पाँचौ विकेट लिएका थिए ।

उनले ११ ओभरको दोस्रो बलमा साकिव सारिफलाई बोल्ड आउट गराए । सरिफले मलेसियाका लागि १५ रन बनाएर आउट भए ।

मलेसियाले १२ ओभरको अन्तिम बलमा आफ्नो छैटौं विकेट गुमायो । मलेसियाका अमिउदिन राम्ले ५ रन बनाएर आउट भए ।

उनलाई शाहव आलमले क्याच आउट गराएका थिए । उनले १२ औं ओभरको अन्तिम बलमा अमिउदिन राम्लेलाई क्याच आउट गराए । शाहवको बलमा राम्लेलाई अविनास बोहोराले क्याच आउट गराए ।

नेपालका लागि करण केसीले नवौं विकेट लिए । उनले १६ ओभरको तेस्रो बलमा उनले मलेसियाका सार्भिन मुनियदलाई क्याच आउट गराए । करणको बलमा कुशल भुर्तेलले क्याच आउट गराए ।

१५ ओभरको दोस्रो बलमा मलेसियाको सातौं विकेट पतन भयो । मलेसियाका किजर हायात स्टमपिङ आउट भए । उनलाई कुशल मल्लले ४ रनमा आउट गराएका थिए । नेपालका लागि मलेसियाले १६ औं ओभरमा आफ्नो आठौं विकेट गुमाएको थियो । नेपालका करण केसीले १६ ओभरको पहिलो बलमा स्याजरुल इर्दुसलाई क्याच आउट गराएका हुन् । करणको बलमा साहव आलमले स्याजरुललाई क्याच आउट गराए ।

करणले नै १६ औं ओभरको तेस्रो बलमा मलेसियाको नवौं विकेट पतन गराएका थिए । उनले मलेसियाका सार्भिन मुनियदलाई क्याच आउट गराए । करणको बलमा कुशल भुर्तेलले क्याच आउट गराए ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ ।

नेपालका आरिफ शेखको स्थानमा कुशल मल्ल आउने भएका छन् । आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो बनाउने योजनामा छ ।

नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा नेपालका लागि डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेलेका थिए ।

पहिलो खेलमा सहज जित निकालेको नेपाललाई आजको खेलमा पनि जित निकाल्ने मौका छ । डेब्यु खेलमा प्रभाव छाडेका खेलाडीलाई आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न हौसला मिल्नेछ ।

यता मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सँग १५ रनले पराजित भएको थियो । नेपाल र मलेसियाबीचको हालसम्मको नतिजा हेर्दा नेपाल बलियो मानिएको छ ।

नेपाल र मलेसियाबीच हालसम्म चार टी–ट्वान्टी आई खेलहरु भएका छन् । जसमा नेपालले तीन टी–ट्वान्टी आईमा जित निकालेको छ । त्यसैले आजको खेलमा नेपाली खेलाडीको मनोबल उच्च हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *