Sajhamanch Archive

रुपन्देहीमा एकजना कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

 बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

चैत २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी बुटवल १३ की ७९ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार मृत्यु भएको हो । उनमा ज्वरो,निमोनिया र श्वासप्रश्वासको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए।

यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

यसैबीच सोमबार रुपन्देहीमा ४७ जना नयां संक्रमित थपिएका छन् । यससँगै रुपन्देहीमा संक्रमितको संख्या ९ हजार ५५९ पुगेको छ भने ३ सय ८५ जना उपचारमा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *